नेपालले विश्वकप २०२२ को छनोटमा सिधैँ दोश्रो चरणमा प्रतिस्पर्धा गर्ने

प्रकाशित मिति: २९ चैत्र २०७५, शुक्रबार ०८:४४


काठमाडौं, चैत्र २९ ।
नेपाली राष्ट्रिय फुटबल टीमले विश्वकप २०२२ को छनोटमा सिधैँ दोश्रो चरणमा प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल पछिल्लो पटकको फिफा वरियतामा एशियाको शीर्ष ३४ स्थानमा रहन सफल भएपछि यो सम्भव हुन गएको हो ।

सन् १९८६ को संस्करणबाट विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न थालेको नेपालले पहिलो पटक ‘बाई’ पाएर सिधैँ दोश्रो चरणमा खेल्ने सुवर्ण अवसर प्राप्त गरेको हो । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले पछिल्लो पटक ४ अप्रिल, २०१९ मा जारी गरेको वरियतामा नेपाली पुरुष टीम एक सय ६१ औँ स्थानमा रहेको थियो, जुन एशियाली वरियतामा ३४ औँ स्थान हो ।

एशियाली फुटबल महासंघ (एएफसी) काअनुसार एशियाली वरियताका शीर्ष ३४ टीमले छनोटको दोश्रो चरणमा प्रतिस्पर्धा गर्ने जनाएको छ । सोहीअनुसार नेपालले विश्वकप छनोटमा पहिलो पटक सिधैँ दोश्रो चरणमा प्रतिस्पर्धा गर्ने मौका पाएको छ । वरियतामा पुछारका १२ टीम (३५–४६ औँ) प्ले–अफबाट गुज्रिने छन् ।

नेपालले विश्वकप छनोटमा प्रवेश गरेको ३३ वर्षे इतिहासमा सन् २०१४ को संस्करणमा मात्र प्रारम्भिक चरण पार गरेर दोश्रो चरण खेलेको थियो । दशरथ रंगशालामा भएको प्ले–अफमा टिमोर लेस्टेलाई २–१ र ५–० ले पराजित गरेको नेपाली टीम त्यसबेला दोश्रो चरणमा जोर्डनविरुद्ध हारेको थियो । अम्मानमा ९ विरुद्ध शून्य गोलले हारेको पाँच दिनभित्रै नेपालले भरत खवासको आकर्षक गोलसँगै घरेलु मैदानमा भएको दोश्रो लेगमा जोर्डनलाई १–१ मा रोकेको थियो ।

नेपालले पछिल्लो पटक कुबेतविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थयो । कुबेती भूमिमा तीन साताअघि भएको खेलमा पहिलो प्रतिस्पर्धा गोलरहित टुंग्याएको नेपाल दोश्रोमा १ विरुद्ध शून्य गोलले हारेको थियो । फिफा वरियताको एक सय ५६ औँ स्थानमा रहेको कुबेतले पनि सिधैँ विश्वकपको दोश्रो चरणमा खेल्ने भएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....