आगलागीमा परी एकै घरका तीन बालबालिकाको मृत्यु

प्रकाशित मिति: ११ बैशाख २०७४, सोमबार १६:५०


बाँके, बैशाख ११ ।
बाँके जिल्लाको डडुवा गाउँपालिका–१ होलियाको कुडुवागाउँमा आगलागी हुँदा एउटै घरका तीनजना बालबालिकाको मृत्यु भएको छ ।

गएराति १२ बजे छिमेकीको घरमा लागेको आगलागीमा परी छ वर्षीया बालक पवन मुराउ, आठ वर्षीय बालिका राधना मुराउ र १० वर्षीय बालिका सोनी मुराउ रहेको प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जनाएको छ ।

उक्त आगोलागीबाट त्यस गाउँका नौ घर र दुईवटा गोठ जलेर नष्ट भएको छ भने करिब  दश लाख बराबरको क्षति भएको अनुमान लगाएको छ ।

आगोलाई स्थानीयवासीलगायत, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस टोलीको सहयोगमा करिब ५ घन्टापछि नियन्त्रणमा आएको जनाएको छ ।आगलागीपछि नौ घरलाई प्रतिपरिवारलाई दश हजार दरले राहत वितरण गरिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....