विश्वज्योती मलमा मोबाइल महोत्सव, एसईई परीक्षार्थीलाई विशेष छुट

काठमाडौं, बैशाख ११ ।
विश्वज्योती मलमा मोबाइल महोत्सव जारी रहेको छ । नयाँ वर्षको अवसरमा सुरु गरिएको मोबाइल महोत्सव यो महिनाभरी सञ्चालन हुने छ ।
मोबाइल महोत्सवमा यस वर्ष एसईई परीक्षा दिएर बसेका विद्यार्थीलाई विशेष छुटको व्यवस्था गरिएको छ भने महोत्सव अवधिभर निःशुल्क मोबाइल सर्भिसिङ गर्ने व्यवस्था मिलाएको र नयाँ मोबाइलको खरिदमा सातदेखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको जनाएको छ ।
मोबाइल मार्टमा जेडटीई, लाभा, जियोनी, लेनोभो, इनफोकस, ओप्पो, साओमी, कुल प्याड, सामसुङ्ग, ओभिआईलगायत दर्जनभन्दा बढी ब्राण्डका आधिकारीक बिक्री केन्द्रहरू रहेका छन् ।
महोत्सव अवधिभर १० हजार रुपैयाँ भन्दा बढीको सामान खरिद गर्ने उपभोक्तालाई हात खाली नहोस् भनेर महलले उपहारको व्यवस्थासमेत गरिएको छ ।
प्रतिक्रिया