बिहीबार सेयर कारोबार सामान्य वृद्धि

प्रकाशित मिति: १४ बैशाख २०७४, बिहीबार १७:२८


काठमाडौं, बैशाख १४ ।
धितोपत्र बजारमा सेयर कारोबार आज सामान्य रूपमा वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जकाअनुसार आज नेप्से परिसूचक ०.०२ प्रतिशतले मात्रै वृद्धि भएको छ । नेप्से परिसूचक एक हजार ६७० बिन्दुमा पुगेको छ । तर ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.१६ प्रतिशतले घटेको छ ।

कुल १४३ कम्पनीको १४ लाख ५१ हजार ५२० कित्ता सेयर रु एक अर्ब १० करोड ४३ लाख दुई हजार २१८ मूल्यमा खरिद बिक्री भएको स्टकले जनाएको छ ।

स्टककाअनुसार बैंकिङ र अन्य समूह ओरालो लागेको छ भने अरु समूहको सेयर सामान्य रुपमा बढेको छ । बैंकिङ समूह ०.३८ र अन्य समूह ०.७२ प्रतिशतले घटेको छ । यस्तै होटल ३.०६, विकास बैंक ०.३१, जलविद्युत् ०.७४, फाइनान्स ०.८१, बिमा ०.७८ प्रतिशतले बढेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....