बलिउडकी चर्चित अभिनेत्री विद्या सिन्हाकाे निधन

काठमाडाैं, श्रावण ३० ।
बलिउड चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री विद्या सिन्हाकाे निधन भएकाे छ । अभिनेत्री सिन्हा आफ्नो चञ्चल मुस्कान र अभिनयका कारण दर्शकहरूको राम्राे माया बटुल्न सफल एक चर्चित अभिनेत्रीसमेत थिइन् ।
फोक्सो र मुटुको समस्याबाट पीडित सिन्हाको आज दिउँसाे मुम्बइको जुहुस्थित एक अस्पतालमा उपचार चलिरहेको थियो । स्वास्थ्य अवस्था खराब हुँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।
उपचारकै क्रममा आज दिउँसो उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सिन्हा ७० –८० को दशककी चर्चित अभिनेत्री थिइन् । उनका ‘छोटीसी बात’, ‘रजनीगन्ध’, ‘पति पत्नी और वो’, ‘मुक्ति’लगायत दर्जनाैँ चर्चित फिल्ममा अभिनय दिएकी थिइन् ।
प्रतिक्रिया