साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’द्वारा रचित तीज गीत सार्वजनिक (भिडियाेसहित)

काठमाडाैं, श्रावण ३१ ।
कहिले दशैँ, कहिले तिहार त कहिले तीज साँच्चिकै नेपाली महिलाहरूको चाडपर्वकाे राैनकले हामी नेपालीलाई खुसी नै तुल्याएकाे छ । विसंगति र बिकृतिविरुद्ध तीखो प्रहार गर्दै तीजको अवसरमा तीज गीत लिएर कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन “अमर” को रचनामा रहेको “छमछमी नाच्ने कमर भाँच्ने” तीज गीत सार्वजनिक भएको छ ।
राम कार्कीको संगीत रहेको उक्त तीज गीतमा राम कार्की, सुरेश थापा, अनिता दङ्गाल र शान्ता कार्कीको स्वर रहेको छ । भिडियोको निर्देशन सुरेश थापाले गरेका छन् भने अभिनयमा दर्शने उपनामले चिनिने हाँश्य कलाकार सुरेश थापा, शान्ता कार्की, अनिता दङ्गाल, किरण नेपाल, भुवन के. पोखरेल र अस्मिता कार्की आदिको बेजोड प्रस्तुत रहेको छ । उक्त भिडियोमा इडिटिङ्ग एस के. थापा र सिनेमाग्राफी नवराज खड्काकाे रहेको छ ।
प्रतिक्रिया