बलिउड अभिनेत्री सन्नी लियोनी “पासवर्ड”का लागि नेपाल आउँदै

काठमाडौं, भाद्र ४ ।
बलिउड चलचित्रकी चर्चित अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छन् । अभिनेत्री लियोनीले नेपाली चलचित्रमा पनि अभिनय गरिसकेकी छन् । उनले अभिनय गरेको नेपाली फिल्म “पासवर्ड”को ‘आजको शाम’ बोलमा अभिनय गरेकी थिइन् । उक्त गीत अहिलेसम्म ४० लाखभन्दा बढीले हेरिसकेका छन् । उनले सो गीतका लागि तीन लाख रुपैयाँ पारिश्रमिक लिएकी थिइन् ।
अभिनेत्री लियोनी चलचित्रमा जोडिएसँगै चलचित्रले ठूलो चर्चा पनि पाएको छ । उक्त चलचित्र “पासवर्ड” यहीँ भाद्र २७ गते रिलिज गर्ने तीब्र तयारीमा रहेको छ ।
चलचित्रको प्रिमियर शो काठमाडौं हुने भएको छ । यसका लागि अभिनेत्री लियोनी नेपाल आउने पक्कासमेत भइसकेको छ । मंगलबार एक भिडियो सन्देशमार्फत उनी नेपाल आउने जानकारी गराएकी थिइन् ।
प्रतिक्रिया