वरिष्ठ चलचित्र निर्देशक रानाकाे निधन, भाेलि अन्त्येष्टि गरिने

प्रकाशित मिति: ४ भाद्र २०७६, बुधबार १९:५१


काठमाडाैं, भाद्र ४ ।
वरिष्ठ चलचित्र निर्देशक किशोर रानाको आज निधन भएको छ । रानाको आज ललितपुरस्थित निदान हस्पिटलमा निधन भएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिएका छन् ।

निर्देशक राना दुबै मृगौलामा खराबीपछि र सफल मृगौला प्रत्यारोपणपछि लामो समयदेखि अस्वस्थ रहेका थिए ।

उनले पहिलो नेपाली सिनेमास्कोप चलचित्र राँको, कर्जा, करोडपति, घाम छाँया, सीमारेखालगायत थुप्रै सफल नेपाली चलचित्र निर्देशन गरेका थिए ।

निर्देशक रानाका भाई निर्देशक रञ्जित रानाकाअनुसार उनका छोरा विदेशमा रहेकाले भोलि आएपछि मात्रै अन्त्येष्टि गरिने जानकारी दिएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....