सनी लियाेनीकाे आइटम गीत रहेकाे ‘पासवर्ड’काे ट्रेलर सार्वजनिक

काठमाडाैं, भाद्र ८ ।
बलिउड चलचित्रकी चर्चित अभिनेत्री सनी लियोनीकाे आइटम गीत रहेकाे ‘पासवर्ड’ चलचित्रकाे ट्रेलर सार्वजनिक गरिएको छ । यहीँ भाद्र २७ गतेबाट रिलिज हुन लागेकाे ‘पासवर्ड’मा अनुपविक्रम शाहीको प्रमुख भूमिका रहेको छ ।
चलचित्रमा करिब दुई करोड रुपैयाँ खर्च गरेर बलिउड अभिनेत्री सनी लियोनीलाई एउटा आइटम गीतमा भूमिका खेलाएका थिए । उनले साे गीतमा अभिनय गर्न दुई लाख रुपैयाँ पारिश्रमिक लिएकी थिइन् ।
लण्डनमा छायाङ्कन गरिएको उक्त गीतका लागि महँगो बजेट खर्च गरिएको थियाे । चलचित्रमा समावेश हुने ‘सनी हो नाम मेरो’ बोलको गीतमा सनीले नृत्य गरेकी छन् भने कोरियोग्राफर विष्णु देभाले गीतको निर्देशन गरेका छन् । अर्जुन पोखरेलको संगीत रहेको यो गीतमा दुर्गा खरेलको स्वर दिएकी छन् ।
एबी इन्टरनेशनलको ब्यानरमा तयार भएकाे चलचित्रमा सम्राट बस्नेत, विक्रम जोशी, हिरल जोशी, अमित बस्नेतको लगानी छ ।
एक्सन र थ्रिलर कथामा चलचित्र बनेको छ । चलचित्रमा धीरेन शाक्य, अनुप विक्रम शाही, विक्रम शाही, बुद्धि तामाङ, छुल्ठिम गुरुङलगायतका कलाकारको अभिनय रहेकाे छ । चलचित्र सौरभ लामाले खिचेका हुन् ।
https://www.youtube.com/watch?time_continue=117&v=YhLZUCtn7Ls
प्रतिक्रिया