आज सुनको मूल्य बढ्यो

काठमाडौं, बैशाख १५ ।
साताको पाँचौ दिन शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार प्रति तोला ५४ हजार ६ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा एक सयले बढेर प्रति तोला ५४ हजार सात सयमा कारोबार भइरहेको छ भने प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको मूल्य ४६ हजार ८ सय ९५ रुपैयाँ तोकेको छ ।
त्यस्तै चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रति तोलाको ७ सय ७० रुपैयाँमा कारोबार हुँदै प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ६० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया