सुटिङ सेटमा भीषण आगलागी, मानवीय क्षति हुनबाट जाेगियाे

प्रकाशित मिति: २५ भाद्र २०७६, बुधबार १५:५९


काठमाडाैं, भाद्र २५ ।
अभिनेता बरुण धवन र सारा अली खानद्वारा निर्माणाधीन चलचित्र ‘कुली नम्बर–१’को सुटिङ सेटमा गएराति भीषण आगलागी भएको छ । मुम्बईको गोरेगाउँस्थित फिल्मिस्तान स्टुडियोमा बनाइएको चलचित्रकाे सेटमा भीषण आगलागी भएको हो । बलिउड लाइफ डट कमले उल्लेख गरेअनुसार भीषण आगलागीबाट कुनै मानवीय क्षति भने नभएको जनाएकाे छ ।

फिल्मको सेटमा आगलागी हुँदा त्यहाँ १५ जना कामदाररू रहेका थिए तर पनि उनीहरू सुरक्षित रहेको जनाइएको छ । सुटिङ सेटमा आगलागी भएसँगै ती कामदारहरूले तुरुन्त फायर स्टेशनमा फोन गरी तत्कालै प्रहरीलाई जानकारी गराएका थिए । जसको कारण आगोलाई समयमै नियन्त्रणमा ल्याइएको थियो । आगलागीबाट के–कति क्षति भयो भन्ने विषयमा कुनै जानकारी सार्वजनिक गराइएको छैन ।

उक्त फिल्म डेविड धवनको निर्देशनमा बनेको गोबिन्दा र करिश्मा कपुर स्टारर ‘कुली नम्बर –१’को रिमेक भर्सन हो । २४ वर्षपछिको रिमेकमा बरुण धवन र सारा अली खानकाे मुख्य भुमिका रहेका छन् । निर्माणाधीन फिल्म सन् २०२० मे १ तारिखबाट प्रदर्शन गर्ने तयारीमा रहेकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....