बलिउड सुपरस्टार सलमान खानलाई मार्ने धम्की

प्रकाशित मिति: ८ आश्विन २०७६, बुधबार ०९:२४


काठमाडौं, असोज ८ ।
बलिउडका एक सुपरस्टार नायक सलमान खानको बिग बोसको सिजन १३ सुरु हुनु अगावै सोसल मिडियामा मारिदिने धम्की दिएको छ । कलाकार खान सन् १९९८ को कालो हरिणको शिकार मामिलामा आरोपी थिए । उनलाई भर्खरै मात्र मारिदिने धम्की दिएको हो ।

कलाकार खानलाई उक्त धम्की सोपु (स्टुडेण्ट अर्गनाइजेशन अफ उञ्जाव युनिभर्सिटी) नामको ग्रुपमा दिइएको हो । उक्त धम्की गैरी सुटर नामको आईडीबाट दिइएको हो ।

धम्की दिँदै शेयर गरिएको पोष्टरमा कलाकार खानको चर्चित तस्वीर रहेको छ, जहाँ रेड कलरले क्रस गरिएको छ । युजरले लेखेका छन् ‘सोच सलमान, तिमी भारतको कानूनबाट बच्न सक्छौँ । तर, बिश्नौई समाज र सोपु पार्टीको कानूनले तिमीलाई मृत्युको सजाँय सुनाइएको छ । सोपु अदालतमा तिमी दोषी छौँ ।’

यहाँलाई यो पनि जानकारी गराउँ कि यहीँ २७ सेप्टेम्बरका दिन कालो हरिण शिकार मामिलामा सलमान जोधपुर कोर्टमा हाजिर हुँदैछन् । उनी कोर्टमा हाजिर भएनन् भने उनको जमानत खारेज गरिदिने बताइएको छ ।

सन् २०१८ मा कलाकार खानको सुरक्षामा कडा गरिएको थियो, किन भने ग्याङ्गस्टार लाँरेन्स बिश्नोईले उनलाई मारिदिने धम्की दिएको थियो । त्यतिबेला लाँरेन्सले भनेका थिए ‘तैले के गर्छस्, मैले खुलेआम मारिदिनछु । जोधपुर कोर्टमै सलमानलाई मारिदिनछु । त्यसपछि उनलाई थाहा हुनेछ ।’

त्यतिबेला पनि सलमानलाई सयौं प्रहरीको सुुरक्षामा जोधपुर कोर्टमा पेश गरिएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....