गीतकार अमरको अर्पण सार्वजनिक

काठमाडाैं, असाेज १२ ।
ओएस नेपाल मिडिया (प्रा.) लि. को आयोजनामा नेपाली गीतको उच्च सम्मानको नारा बोकेर हरेक वर्ष आयोजना हुँदै आइरहेको “ओएस नेपाल म्युजिक अवार्ड-२०७६” को तेश्राे संस्करण विवेक कार्कीको सभापतित्वमा उत्कृष्ट पाँचको प्रमाण पत्र वितरण तथा ओएस नेपालको प्रस्तुति कवि, गीतकार, चित्रकार एवं साहित्यकार सुरेन्द्र महर्जन “अमर” को रचनामा रहेको गीति एल्बम “अर्पण” को एक समारोहबीच मधेशी आयोगका अध्यक्ष प्रमुख अथिती माननीय डा. विजयकुमार दत्तले सार्वजनिक गरेका थिए भने कार्यक्रममा अथिती ज्योतिष सिवराज रेग्मी रहेका थिए ।
एल्बमभित्र मेलिना राई, योजना पुरी, यज्ञ राई, इन्दु कुँवर, जितेन्द्र खाती र राम अवाले आदिको स्वर रहेको छ भने उक्त एल्बमभित्र रहेका सम्पूर्ण गीतहरूको संगीत एवं एरेञ्जर संगीतकार राम कार्कीको रहेको छ ।
कार्यक्रम सञ्चालन शिशिर भण्डारी, चिरञ्जीवी सापकोटा, योजना पुरी र कमल सरगमले संयुक्त रूपमा गरेका हुन् । कार्यक्रममा ५८ विद्यामा उत्कृष्ट रहेको गीतहरूका गायक, गायिका, कलाकार, निर्देशक, एजेञ्जर, संगीतकारआदि सबैलाई उत्कृष्ट पाँचको प्रमाण पत्र वितरण गरिएको थियो ।
प्रतिक्रिया