साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ इनास अवार्ड–२०७६ बाट सम्मानित

प्रकाशित मिति: २९ आश्विन २०७६, बुधबार ०८:१३


काठमाडाैं, असाेज २९ ।
नेपाल बाहिर छरिएर रहेका नेपाली कलाकारहरूले स्थापना गरिएको  छैठाैँ  इनास  फिल्म अवार्ड-२०१९ अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’लाई युवा साहित्य सम्मानद्वारा सम्मानित भएको छ । (नेपाली गीत, संगीत, साहित्य र चित्रकारीता) का सदाबहार गायिका मिरा राणा तथा इनासका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदमा आसिन व्यक्तिहरूबाट सामूहिक रूपमा साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ लाई इनास अवार्ड कार्यक्रममा सम्मानित गरिएको हो ।

काठमाडाैं प्रज्ञा प्रतिस्थानमा आयाेजित उक्त कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार एवं निर्देशक नीर शाहको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने अग्रज संगीतकार रणजित गजमेरलाई उक्त इनास अवार्ड-२०७६ कार्यक्रममा लाइफ टाइम अचिभमेन्ट अवार्ड-२०७६ बाट सम्मानित गरिएको थियो ।

रोमान्टिक नायक यसराज गराच, ग्लामरस नायिका प्रियंका कार्कीको समूहको नृत्य तथा यम बराल, नलिना चित्रकार आदिको सांगीतिक प्रस्तुतीले कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएको थियो । ७० देशहरूमा आफ्नो शाखा रहेको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले यो अवार्ड कार्यक्रम तथा सम्मान कार्यक्रम आउने दिनहरूमा अझै सफलताका साथ सम्पन्न गर्दै जाने संस्थापक अध्यक्ष पुष्प बरुवालले कार्यक्रममार्फत जानकारी गराएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....