नेपालले आज युनिभर्सिटी टिमसँग मैत्रीपूर्ण खेल खेल्दै
काठमाडौं कार्तिक १ ।
नेपाली राष्ट्रिय महिला भलिबल टिमले आज थाइल्याण्डको बैंकक युनिभर्सिटीको टिमसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ ।वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्डमा रहेको नेपाली टिमले युनिभर्सिटीको टिमसँग खेल्न लागेको हो ।
नेपाल र युनिभर्सिटीबीचको खेल अपराह्न ४ बजेपछि हुने छ । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) र बंगलादेशमा हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारी गर्न नेपाली टिम थाइल्याण्ड गएका हुन् ।
थाइल्याण्डको मैत्रीपूर्ण खेल र प्रशिक्षणपछि नेपालले कात्तिक २२ देखि २७ गतेसम्म हुने एभिसी सेन्ट्रल जोन महिला भलिबल खेल्नेछ । यस्तै मंसिर १५ देखि २५ गतेसम्म घरेलु भूमीमा हुने सागमा प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया