तिहार र देउसीको भावनामा ठेस पुर्‍याएको भन्दै गायक थापा काठमाडौंबाट पक्राउ

प्रकाशित मिति: ५ कार्तिक २०७६, मंगलवार १३:३१


काठमाडौं, कार्तिक ५ ।
गायक दुर्गेश थापालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । गायक थापाले गाएको गीत ‘ह्याप्पी तिहार, चिसो वियर’ले तिहार र देउसीको भावनामा ठेस पुर्‍याएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेपछि उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा टुकुले पक्राउ गरेको हो ।

प्रशासन कार्यालयले महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेपछि प्रहरीले उनलाई बालाजुबाट पक्राउ गरेर महाशाखामा ल्याइएको हो ।

गायक थापाको उक्त गीतमा प्रयोग भएका केहीँ शब्दहरूलाई लिएर आलोचनासमेत भइरहेको छ । उनको च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा आएका आलोचनाहरू देख्न नसकिने भएका छन् ।

गायक थापाविरुद्ध उजुरी दिनेको नाम भने प्रहरीले गोप्य राखेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....