सुरेन्द्र महर्जन ‘अमर’को २२ औँ कृति “सरिता-२” सार्वजनिक

प्रकाशित मिति: ८ कार्तिक २०७६, शुक्रबार ०८:५६


काठमाडाैं, कार्तिक ८ ।
गीत, संगीत, चित्र लेखनबाट निरन्तर तीन दशकभन्दा बढी समयदेखि नेपाली साहित्य, चित्रकारी, गायन र संगीतमा समर्पित हुँदै आएका कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’को २२ औँ कृति पाँच, सात र पाँच हरफबाट श्रृजना भएको सत्र अक्षरमा तयार हुने जापानी शैलीबाट श्रृजना हुने हाइकु जसमा भूत, भविष्य वर्तमानदेखि लिएर वातावरणसम्म अटाउने व्याख्या गरेमा धेरैभन्दा धेरै कुरा एउटै श्रृजनामा भेट्न सकिने साहित्य विद्यामा हाइकु नामबाट प्रख्यात सुरेन्द्र महर्जनको २२ औँ कृति ‘सरिता-२’ हाइकु सङ्ग्रह ओएसनेपालको आयोजनामा ओएसनेपाल म्युजिक अवार्ड-२०७६ मा एक समारोहबीच सार्वजनिक गरिएको छ ।
ओएसनेपालले हरेक वर्ष प्रदान गर्दै आइरहेको अवार्ड वितरण कार्यक्रममा यस वर्ष दीर्घ सम्मानबाट पाँच दशकदेखि निरन्तर गीत, संगीत क्षेत्रमा सक्रिय रहेकी वरिष्ठ गायिका तीर्थदेवीलाई उक्त सम्मानबाट सम्मानित गरिएको थियो । नोमिनेशनमा पर्नु हुने सबै पुरस्कृत भएको जानकारी गर्नुको साथै ५८ विद्यामा नोमिनेशनमा पर्नु हुने सबैलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो ।

कार्यक्रममा ५८ विद्या मध्ये उत्कृष्ट एकलाई ओएसनेपाल म्युजिक अवार्ड कार्यक्रममा वितरण गरिएको थियो । विवेक कार्कीको सभापतित्वमा प्रमुख अथिती यज्ञलाल श्रेष्ठ अथितिहरू श्वेता खड्का, कृष्ण मल्ल, तिलक सुनुवार, प्रमोद खरेक, यम बराल, धिरज राई आदिको उपस्थिति रहेकाे थियाे कार्यक्रम सुगारिका के. सी. र नरेश भट्टराईले सञ्चालन गरेका हुन् ।

प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....