र्याप गायक भिटेन तारेखमा रिहा

ललितपुर, कार्तिक ९ ।
चर्चित र्याप गायक भिटेन तारेखमा रिहा भएका छन् । महानगरीय प्रहरी परिसर, ललितपुरले भिटेन नामले परिचित समिर घिसिङलाई उनका बुवाको जमानीमा रिहा गरेको हो ।शुक्रबार साँझ रिहा भएका उनलाई भाइटीकाको भोलिपल्ट हाजिर हुन भनिएको ललितपुर प्रहरीले जनाएको छ ।
‘हामी यस्तै त हो नि ब्रो‘’ बोलको गीतमा प्रयोग भएका शब्द र सामाजिक सञ्जाल फेसबुकमा राखिएको तस्वीरलाई लिएर प्रहरीले उनलाई पक्राउ गरेको थियो ।पक्राउ परेलगतै उनको यो गीतलाई युट्युबबाट हटाउन लगाइएको थियो ।
उनीविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाउने प्रहरीको तयारी थियो । तर बुवाले जमानीमा रिहा गर्न अनुरोध गरेकाले छाडिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया