बढ्यो सुनको मूल्य

काठमाडौं, बैशाख १७ ।
साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रति तोला ५४ हजार ७ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा २ सयले बढेर प्रति तोला ५४ हजार ९ सयमा कारोबार भईरहेको छ भने १० ग्राम फाइन गोल्ड गुणस्तरको मूल्य ४६ हजार ८ सय ९५ रुपैयाँ तोको छ ।
त्यस्तै चाँदीस्थिर रहँदै प्रति तोला ७ सय ७० रुपैयाँमा कारोबार हुँदै प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ६० रुपैयाँ कायम भएको नेपाल सुनचांदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया