महिला फुटबल : श्रीलंकालाई १ विरुद्ध शून्य गाेलले हराउँदै नेपालकाे विजयी सुरुवात

प्रकाशित मिति: १७ मंसिर २०७६, मंगलवार १३:२१


काठमाडाैं, मंसिर १७ ।
जारी रहेकाे साग खेलकुदअन्तर्गत महिला फुटबलमा आज नेपालले श्रीलंकालाई एक विरुद्ध शून्य गाेलले हराएको छ । निकै राेमाञ्चक प्रतिस्पर्धात्मक बनेको खेलमा नेपालको जितमा सरु लिम्बुको एक मात्र गोल नेपालका लागि तीन अंक जोड्न पर्याप्त बनेकाे थियाे । उनले खेलको ८८ औँ मिनेटमा आएर गोल गरेकी थिइन् ।

पुरै खेलमा डिफेन्सिभ खेल पस्केकाे श्रीलंकाले नेपालको धेरै प्रहारलाई बचाएको थियो । तर, सरुको प्रहारलाई श्रीलंकाको डिफेन्सर गोलकिपरले बचाउन सकेन र अन्त्यमा नेपालकाे जित हुन पुग्याे ।


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....