चर्चित कलाकार क्षेत्रीकाे आज अन्तिम संस्कार गरिँदै

काठमाडाैं, मंसिर २९ ।
चर्चित कलाकार दिपक क्षेत्रीको आज अन्तिम दाह संस्कार गरिने भएकाे छ । कलाकार क्षेत्री ५८ वर्षको उमेरमा शनिबार निधन भएको हाे । आफ्नै कोठामा चुकुल लगाएर सुतिरहेका क्षेत्रीलाई प्रहरीले शनिबार मृत अवस्थामा भेटिएको हो ।
लामो समयदेखि घाँटीको क्यान्सरबाट पीडित रहेका कलाकार क्षेत्रीको संसारभर रहेका नेपाली चलचित्रकर्मी, पत्रकार तथा दीपकका फ्यानहरूले सहयोग गर्दै आइरहेकाे थियाे ।
कलाकार क्षेत्रीको शव अहिले त्रिवि शिक्षण अस्पताल टिचिङ राखिएको छ । उनको श्रीमती मलेसियामा रहेकाले उनी आज नेपाल पुगेपछि मात्र कलाकार क्षेत्रीको अन्तिम संस्कार गरिने बताइएको छ । क्षेत्री काठमाडौंकाे डिल्लीबजारमा परिवारसहित बस्दै आएका थिए ।
प्रतिक्रिया