प्रभु बैंक लिमिटेड र जावलाखेल युवा क्लबबीच मुख्य प्रायोजक सम्झौता

प्रकाशित मिति: २९ मंसिर २०७६, आईतवार १४:५१


ललितपुर, मंसिर २९ ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक लिमिटेड र ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं.–१३, जावलाखेलस्थित जावलाखेल युवा क्लबबीच प्रभु बैंक लिमिटेड जावलाखेल युवा क्लबको मुख्य प्रायोजक हुनेसम्बन्धि आज एक सम्झौतामा हस्ताक्षर भएको छ । ललितपुर जिल्ला झम्सिखेलस्थित होटेल भिभवान्तामा सम्पन्न उक्त सम्झौतामा प्रभु बैंक लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र जावलाखेल युवा क्लबका तर्फबाट अध्यक्ष महेन्द्र क्षेत्रीले आज एक समारोहकाबीच संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् ।

जावलाखेल युवा क्लबसँगको सम्झौतापश्चात् जावलाखेल युवा क्लबको मुख्य प्रायोजक प्रभु बैंक लि. रहनेछ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत जावलाखेल युवा क्लबलाई दुई किस्ता गरी नगद रु. २५ लाख उपलब्ध गराउनेछ । सो बापत जावलाखेल युवा क्लबको आधिकारिक बैंकका रूपमा प्रभु बैंक लि. रहनेछ । जावलाखेल युवा क्लबले भाग लिने सम्पूर्ण खेलकुदसम्बन्धि प्रतियोगिताहरूमा प्रभु बैंक लि. जावलाखेल युवा क्लबको नामले सहभागिता जनाउनेछ । जावलाखेल युवा क्लबले प्रभु बैंक लि.मा आफ्नो नाममा खाता खोली सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंकमार्फत् सञ्चालन गर्नेछ । जावलाखेल युवा क्लबको खेलकुद मैदानमा प्रभु बैंक लि.को ब्यानर, होर्डिङ्ग बोर्ड डिस्प्ले बोर्ड लगाई प्रभु बैंकले उपलब्ध गराएको विज्ञापन सामाग्रीहरू प्रचार–प्रसार गर्नेछ । जावलखेल युवा क्लबका सम्पूर्ण खेलाडीहरूले सहभागिता जनाउने जुनसुकै खेलहरूमा प्रभु बैंक लि. लेखेको जर्सी लगाउने छन् । जावलाखेल युवा क्लबले सञ्चालन गर्ने जुनसुकै खेलकुदसम्बन्धि प्रतियोगिता तथा कार्यक्रमहरूमा प्रभु बैंक लि.को विज्ञापन प्रशारण गर्नेछ ।

प्रभु बैंक लि. र जावलाखेल युवा क्लबबीच सम्पन्न सो सम्झौताले जावलाखेल युवा क्लबका खेलाडीहरूमा थप हौसला बढ्न गई उच्च मनोबलका साथ सबै प्रतियोगिताहरूमा सहभागिता जनाई समग्र देशको खेलकुद क्षेत्रको विकासमा विशेष योगदान पुग्ने विश्वास बैंकले आज एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....