चलचित्र विकास बाेर्डका अध्यक्ष एवं वरिष्ठ कलाकार केशव भट्टराईकाे निधन

प्रकाशित मिति: ३० मंसिर २०७६, सोमबार ०६:५५


काठमाडाैं, मंसिर ३० ।
चलचित्र विकास बोर्डका अध्यक्ष एवं वरिष्ठ कलाकार केशव भट्टराईको गएराति निधन भएको छ । कलाकार भट्टराईकाे गएराति करिब साढे १० बजे चाबहिलस्थित ओम अस्पताल पुर्‍याउँदा मृत्यु भइसकेकाे पारिवारिक स्रोतले जनाकारी दिएकाे छ ।

निधनको कारण भने अस्पतालले स्पष्ट पारिसकेकाे छैन । पोष्टमार्टम रिपोर्ट आएपछि मात्र निधनको वास्तविक कारण स्पष्ट हुने बताइएको छ । कलाकार भट्टराई करिब एक वर्ष अगाडि मात्र चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका थिए ।

सन् १९८८ बाट नेपाली चलचित्र क्षेत्रमा क्रियाशील भट्टराईले नेपाल चलचित्र कलाकार संघ र नेपाल फिल्म निर्माता संघमा आबद्ध रही काम गरेका थिए । कलाकार, निर्माता तथा प्रस्तुतकर्ताका रूपमा उनले तीन दर्जनभन्दा बढी फिल्ममा भट्टराईले काम गरेका थिए ।

उनले ‘आफ्नो मान्छे, देवर बाबु, पाहुना, सो सिम्पल, कर्मयोद्धा, छोडी गए पाप लाग्ला, यात्रा’लगायतका चलचित्रहरू निर्माण गरेका उनले थुप्रै चलचित्रहरूमा अभिनयसमेत गरेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....