सिजी ल्याण्डमार्कमा अत्याधुनिक मल्टिप्लेक्स सिनेप्लेक्स सञ्चालनमा

चितवन, पुस ४ ।
चितवनको भरतपुर हाइटस्थित व्यापारिक कम्प्लेक्स सिजी ल्याण्डमार्कको चौथो तल्लामा रहेको सिनेप्लेक्स नामबाट अत्याधुनिक सुविधा सम्पन्न मल्टिप्लेक्स (सिनेमा घर) सञ्चालनमा आएको छ । यही पुस ४ गते शुक्रबारबाट सिनेप्लेक्स सञ्चालनमा आएको हो ।
सिनेप्लेक्स सञ्चालकमध्येका एक कमल चौधरीले उक्त हल अत्याधुनिक सुविधा र प्रविधि सम्पन्न तथा विश्वस्तरको रहेको बताएका छन् । ‘यसले भरतपुरको शहरी मनोरञ्जनको परिभाषा पुनर्लेखन गर्नेछ, यस क्षेत्रमा नयाँ आयाम थप्नेछ,’ उनले भने, ‘यसले उपभोक्तालाई उच्चस्तरीय सन्तुष्टी प्रदान गर्ने हाम्रो विश्वास छ । त्यसका लागि हाम्रोतर्फबाट भरपुर प्रयास हुनेछ ।’
सञ्चालक चौधरीकाअनुसार अत्याधुनिक प्रविधिमा बनेको हलमा दुई वटा स्क्रिन छन् । स्क्रिन १ मा १४३ र २ मा २१९ सिट रहेको चौधरीले जानकारी दिए । चितवन र आसपास क्षेत्रका सिनेप्रेमीहरूलाई सिनेमा हेराइको उत्कृष्ट अनुभव दिलाउन उक्त हलमा सबभन्दा पछिल्लो बार्को प्रोजेक्सन र थ्रीडी कम्प्याटिबल स्क्रिन लगाएको उनले जानकारी दिए ।
यो हलमा जेबिएल साउण्ड सिस्टम जडान गरिएको छ । आरामदायी सिटलगायत हलमा उपलब्ध अन्य अत्याधुनिक सुविधाले सिनेप्रेमीहरूलाई विशिष्ट अनुभव दिलाउने सञ्चालकहरूको दाबी रहेको छ ।
प्रतिक्रिया