गीतकार/संगीतकार सुक गुरुङकाे ५४ वर्षकाे उमेरमा निधन

प्रकाशित मिति: ७ पुष २०७६, सोमबार ०८:५१


काठमाडाैं, पुस ७ ।
गीतकार/संगीतकार सुक गुरुङको आइतबार निधन भएको छ । मधुमेह र मृगौला रोगबाट पीडित रहेका उनी लामो समयदेखि उपचाररत् थिए । अन्ततः उपचारकै क्रमकाे उनले ५४ वर्षकै उमेरमा यो धर्ती छाडे ।

संगीतकार एवं रचनाकार गुरुङ लामो समय नेपथ्य सांगीतिक समूहमा आबद्ध थिए । चर्चित गीतहरू ‘छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले’, ‘आँखैमा झल्झली’, ‘भाइटीकामा भेट्न आउँला’, अरुणा लामाको स्वरमा रहेको ‘दोष कसैलाई दिन चाहन्न’ लगायतका उनका दर्जनौँ चर्चित गीत रहेका छन् ।

गुरुङका ईशारा भाग–१, भाग–२ लगायतका गीति एल्बमहरू प्रकाशित भएका छन् भने उनको ‘यी मेरा अन्तर्वेदनाहरू’ गीत संग्रह २०७२ असारमा प्रकाशित भएको थियो ।

जसमा उनका ७८ वटा गीतहरू समावेश गरिएको छ । संगीतकार सुक गुरुङको स्थायी ठेगाना दिव्यनगर–६ चितवन हो । पुर्ख्याैली थलो ठूलो काभ्रे लमजुङ हो । उनले नेपाली कथानक चलचित्र विमनाको गीत लेखन र संगीत भरेका थिए । उनकी श्रीमती जुनासहित दुई छोरा र एक बुहारी रहेका छन् ।

सुक गुरुङ उपचार सहयोग समितिका संयोजक जगन गुरुङकाअनुसार देश–विदेशमा रहेका नेपाली दाजुभाई दिदीबहिनीबाट ५५ लाख रुपैयाँ रकम संकलन गरेर उपचार गर्दा पनि उनलाई अन्तिममा आएर बचाउन भने सकिएन ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....