चर्चित गायक रामकृष्ण ढकाल र श्रीमतीबीच पारपाचुके

काठमाडाैं, पुस ९ ।
नेपाली साँगीतिक क्षेत्रमा चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीबीच सम्बन्ध विच्छेद अर्थात पारपाचुके भएको छ । जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच आज पारपाचुके भएको जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिएका छन् ।
निलम शाहले मंगलबार निवेदन दिएकी थिइन्। श्रेस्तेदार श्रेष्ठकाअनुसार न्यायाधीश बिदुर कोइरालाको इजलासले उक्त मुद्दा टुंग्याएको थियाे । उनीहरूबीच पारपाचुके भएपछि छोरी भने आमासँगै बस्ने भएकी छन् ।
प्रतिक्रिया