याैनधन्दाकाे अभियाेगमा बलिउड अभिनेत्री फाइभ स्टार हाेटलबाट पक्राउ
काठमाडाैं, पुस २६ ।
अवैध याैनधन्दाकाे अभियाेगमा बलिउड अभिनेत्री अमृता धनोआलाई मुम्बइ पुलिसले गोरेगांवको उक होटलबाट पक्राउ गरेको छ ।
अमृतालाई पुलिसले छापा मार्ने क्रममा मुम्बइको फाइभ स्टार होटलबाट पक्राउ गरिएको हो । उनीसँगै स्ट्रगलिङ अभिनेत्री ऋचा सिंहलाई पनि पक्राउ गरिएको छ । पुलिसलाई आफ्नो स्रोतबाट यहाँ अवैध यौनधन्दा चलिरहेको खबर आएपछि छापा मारेको थियो ।
पुलिसले नक्कली ग्रहक बनेर उनीहरूसँग सम्पर्क गरेको थियो । पुलिसको जालमा फस्नासाथ उनीहरूलाई पक्राउ गरिएको हो । पुलिसकाअनुसार यी दुबै अभिनेत्री यौनधन्दाका एक हिस्सा हुन् । अमृताले अनलिमिटेड नशा, प्रविन बबी, द वर्ल्ड अफ फेशनलगायतका बलिउड फिल्ममा अभिनय गरेकी छन् ।
प्रतिक्रिया