महिला प्रहरीमाथि दुर्व्यवहार गरेकाे आराेपमा गायिका आस्था राउतविरुद्ध मुद्दा दर्ता
काठमाडाैं, माघ ५ ।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँच गर्ने क्रममा एक महिला प्रहरीमाथि दुर्व्यवहार गरेकाे अभियाेगमा गायिका आस्था राउतविरुद्ध अभद्रसम्बन्धी मुद्दा दर्ता भएको प्रहरीले जनाएकाे छ ।
प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जिल्ला प्रशासन कार्यालयबाट पक्राउ पुर्जी जारी भएपछि गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिने भएकाे हाे ।
गायिका राउतले प्रहरीलाई गाली गरेको भिडियोसमेत फेसबुकमार्फत सार्वजनिक गरेकी थिइन् ।
प्रतिक्रिया