सुरेन्द्र महर्जनकाे रचनामा “मभन्दा नि–३” सार्वजनिक (अडियाे, भिडियाेसहित)

काठमाडाैं, माघ ८ ।
संगीत एउटा यस्ताे चीज हाे जसले कतिपय राेगकाे समेत निदान गरेकाे हुन्छ । जसका कारण संगीतमा नभुल्ने मान्छे बिरलै पाइन्छ याे संसारमा । गीत र संगीतले मानिसलाई कतिसम्म स्वर्गीय आनन्द दिन्छ सायदै याे भनिरहन आवश्यक नपर्ला । समयानुसार मान्छेहरूलाई फरक शैली, भिन्न विचार, दु:ख, सुख, माया प्रेम, मिलन होस् या विछोड, प्रफुल्लता या भगवानको भजन कुनै न कुनै बेला गीत संगीतले छोएकै हुन्छ र त मान्छे सुरिलो सुन्दर आवाज सुन्दर शब्दको गीतमा हराउने गरिन्छ । सुन्दर आवाज सुन्दर शब्दको एउटा गीत ।
“आँसु झर्दा पुछि दिने तिम्रै निम्ती म थिएँ नि
धेरै माया गर्ने तिमीलाई पायौँ कि त मभन्दा नि ।”
जति सुन्यो जति हेर्यो हेरुँ हेरुँ अनि सुनु सुनु लाग्ने मर्मस्पर्शी हजारौँ हजार गीतका रचनाकार सुरेन्द्र महर्जन “अमर” को रचनामा रहेको गीत “मभन्दा नि-३” गायिका मेलिना राईको सुमधुर स्वरमा अनि पुरुषतर्फबाट गायक प्रदिप ग्लानको स्वरमा ओएस नेपाल र मेलोडी नेपालको प्रायोजनमा अडियो तथा म्युजिक भिडियो एकैपटक सार्वजनिक भएको छ ।
एउटा गीतको कभर भिडियो र एउटाको अडियो भिडियो सार्वजनिक भएको हाे । अडियो भिडियोको गीतको भिडियो पनि यथाशीघ्र सार्वजनिक गरिने कुरा ओएसनेपालको तर्फबाट विवेक कार्की र मेलोडी नेपालका तर्फबाट केशव विश्वकर्माले जानकारी दिएकाक छन् ।
जसमा गायक, एरेञ्जर तथा संगीतकार पुष्कर सुनुवारको संगीतमा रहेको उक्त गीत अमर सङ्ग (Amar song’s) मा रहेको छ । गीतको छायाङ्कन श्रीराज गौतमले गरेका छन् ।
प्रतिक्रिया