बलिउड चर्चित गायक उदितनारायणको स्वरमा नेपालभाषाको गीत

प्रकाशित मिति: ८ माघ २०७६, बुधबार १९:११


काठमाडौं, माघ ८ ।
बलिउडका चर्चित गायक उदितनारायण झाको स्वरमा नेपालभाषाको गीत सार्वजनिक भएको छ ।

सार्वजनिक गरिएको उक्त गीतमा गायक झालाई गायिका दीपा महर्जनले साथ दिएकी छन् । सार्वजनिक ‘छंगु जिगु माया रतन’ (तिम्रो मेरो माया रतन) बोलको गीत नेपालभाषामा मेलोडी क्विनको उपनामले समेत चर्चा कमाउन सफल गायिका महर्जनको ‘सरप्राइज एल्बम’मा समावेश गरिएको छ ।

सोही गीतको बोलमा नेपालभाषामा ‘छंगु जिगु माया रतन’ चलचित्रसमेत बन्न लागेको गायिका महर्जनले जानकारी दिएकी छन् । एल्बम सरप्राइजमा गायिका महर्जनका चार वटा एकल गीत, गायक झा र गायक यमन श्रेष्ठसँग दुई वटा गरी छ वटा गीत समावेश गरिएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....