बलिउड अभिनेत्री सेजल शर्माले गरिन् आत्महत्या

काठमाडौं, माघ ११ ।
बलिउड अभिनेत्री सेजल शर्माले आत्महत्या गरेकी छन् । उनले ‘दिल तो ह्याप्पी है जी’ अभिनय गरेकी थिइन् । सिम्मी खोसलाको भूमिका निभाउँदै आएकी शर्माले शुक्रबार झुण्डिएर आत्महत्या गरेकी हुन् ।
शर्माले आत्महत्या गर्नुको कारण अहिलेसम्म स्पष्ट नभइसकेको जनाएको छ । शर्माको जीवनमा विभिन्न समस्याहरू थियो, जसको कारण उनले आत्महत्याको बाटो रोजेकी आशंका गरिएको छ ।
सेजल उदयपुरकी स्थानीय बासिन्दा हुन् । उनको पहिलो टिभी शो ‘दिल तो ह्याप्पी है जी’ थियो । यस सिरियलभन्दा अगाडि उनले विभिन्न विज्ञापनहरूमा काम गरिसकेकी थिइन् । शर्माले आमिर खानसँग भीभो फोनको विज्ञापनमा काम गरेकी थिइन् ।
शर्माकी को–एक्टर अरू वी बर्माले यस खबरको पुष्टि गर्दै भने, ‘हो यो साँचो हो । खबर सुनेर मलाई झट्का लागेको थियो । मैले पत्याउनै सकिरहेकी छैन । शर्मा अब यस संसारमा रहिनन् । १० दिन पहिले मात्र उनको र मेरो ह्वाट्स एपमा कुराकानी भएको थियो ।’
उनले भने, ‘पत्याउनै सकिरहेको छैन । १० दिन पहिले उनी ठिकठाक थिइन् । उनको परिवारले पनि आज बिहान मात्रै शर्माले आत्महत्या गरेकी थाहा पाएका हुन् ।’
अभिनेत्री शर्माको पार्थिक शरीरलाई उदयपुर लगिने र त्यही अन्तिम संस्कार गरिने जनाइएको छ । त्यसो त, केही दिन अगाडि मात्रै पनि अर्का टिभी अभिनेता कुशल पञ्जाबीले पनि सुसाइड नोट लेखेर आत्महत्या गरेका थिए ।
प्रतिक्रिया