टी बर्गर भेट्रान्स उपाधी ललितपुरको पोल्टामा

प्रकाशित मिति: १२ माघ २०७६, आईतवार ०९:३०


काठमाडौं, माघ १२ ।
पोखरामा सञ्चालन भएको ‘तेश्रो रञ्जित गुरुङ स्मृति तथा नवौँ बगर भाइखलक भेट्रान एट–ए–साइड’ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधी टी बर्गर भेट्रान्स ललितपुरले जित्न सफल भएको छ ।

बगर भाइ खलकको आयोजनामा यहीँ माघ ६ गतेदेखि सुरु भएको प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा टी बर्गरले घरेलु टोली एबीसी भेट्रान्स पोखरालाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधीसहित रु. एक लाख ११ हजार एक सय ११, ट्रफी तथा प्रमाण–पत्र प्राप्त गरेका छन् ।

उपविजेता बनेको एबीसीले रु. ५५ हजार पाँच सय ५५ मा चित्त बुझाएका छन् । टी बर्गरका लागि दुबै गोल जियाराम भुजेलले गरेका थिए । खेलको ‘म्यान अफ दि म्याच’ बनेका भुजेलले खेलको पहिलो तथा दोश्रो हाफमा एक–एक गोल गरेका थिए भने एबीसीका विजय गुरुङले दोश्रो हाफमा एक गोल गरेका हुन् ।

टी बर्गरका नरेन्द्र लिम्बु प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै रु. १० हजार तथा ट्रफी प्राप्त गरे । उत्कृष्ट गोलकिपर एबीसीका रविन शाही, मिडफिल्डर टी बर्गरका टियाराम भुजेल, डिफेन्डर एबीसीका विश्वलाल श्रेष्ठ तथा फरवार्ड टी बर्गरका शुक्र तामाङ घोषित हुँदै जनही रु. पाँच हजार पुरस्कार प्राप्त गरेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....