बलिउड अभिनेत्री किशाेरी बलालको ८२ वर्षको उमेरमा निधन

प्रकाशित मिति: ७ फाल्गुन २०७६, बुधबार १७:१७


काठमाडौं, फागुन ७ ।
एकजमानाका चर्चित बलिउड अभिनेत्री किशोरी बलालको निधन भएको छ । बलालको गएराति निधन भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

चर्चित अभिनेता शाहरुख खान अभिनित फिल्म ‘स्वदेश’मा कावेरी आमाको भूमिका निर्वाह गरेकी अभिनेत्री बलाल उक्त भूमिकाबाटै चर्चित भएकी थिइन् । उनको भारतको बेंगलुरुस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ८२ वर्षीया बलाल बुढ्यौली उमेरका कारणले लाग्ने विभिन्न रोगबाट पीडित थिइन् ।

बलालले १९६० मा कन्नड फिल्म ‘एवालेन्था हेन्डाथी’बाट फिल्म अभिनयमा प्रवेश गरेकी थिइन् । बलालले ‘काही’, ‘हानी हानी’, ‘सूर्य कान्ति’ जस्ता थुप्रै चर्चित फिल्महरूमा समेत काम गरेकी थिइन् ।

उनले सहायक भूमिकामा ७५ भन्दा बढी फिल्ममा अभिनय गरेसकेकी छन् । बलालको निधनप्रति दुःख व्यक्त गर्दै फिल्म ‘स्वदेश’का निर्देशक आशुतोष गोवारिकले मन निकै दुःखी बनाएको बताएका छन् । उनले ट्विटरमार्फत् हार्दिक श्रद्धाञ्जलीसमेत व्यक्त गरेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....