पप गायक पप स्मोकको घरमै गोली हानी हत्या
एजेन्सी, फागुन १० ।
अमेरिकी पप गायक पप स्मोकको गोली हानी हत्या गरिएको छ । गायक स्मोकको गत बुधबार भाडाको घरमा बसिरहेको अवस्थामा गोली हानेर हत्या गरिएको हो ।
लस एञ्जल्स प्रहरी विभागले उनको हत्याको कारण पत्ता नलागे पनि उनको नकावधारीहरूले हत्या गरेको खुलेको जानकारी दिएको छ ।
रिपोर्टकाअनुसार अपरान्ह साढे ४ बजे घटना भएको सिसि क्यामरा फुटेजमा देखिएको छ । गोली लागेका स्मोकको अस्पताल लैजाँदै गर्दा बीच बाटोमा नै मृत्यु भएको हो ।
उनको यही फेबु्रअरी १२ मा नयाँ पप एल्बम ‘मिट दि वो २’ रिलिज भएको थियो ।
प्रतिक्रिया