वरिष्ठ हाँश्य कलाकार आचार्य नेपाल चलचित्र कलाकार संघको संरक्षकमा नियुक्त

काठमाडौं, फागुन २७ ।
वरिष्ठ हाँश्य कलाकार एवं गायक हरिवंश आचार्य नेपाल चलचित्र कलाकार संघको संरक्षकमा नियुक्त भएका छन् ।
विगत चार दशकदेखि नेपाली कला, संस्कृति, रङ्गमञ्च, चलचित्र क्षेत्रको संरक्षण तथा नेपाल चलचित्र कलाकार संघको स्थापनाकालदेखि संघमा आचार्य क्रियाशील रहँदै आएका छन् ।
बैठकले संघको विधानको परिच्छेद ५ दफा १८ उपदफा (क)ले दिएको अधिकार प्रयोग गरी आचार्यको पदावधि वर्तमान कार्यसमितिको कार्यकालसम्म मात्र रहने संघद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
वरिष्ठ कलाकार एवं निर्देशक नीरविक्रम शाहले नेपाल चलचित्र कलाकार संघको संरक्षकबाट कार्य व्यस्तताका कारणले दिएको राजीनामा संघको मिति २०७६ साल फागुन २१ गते बुधबारका दिन संघको कार्यालयमा बसेको कार्यसमितिको बैठकले स्वीकृत गरेपछि रिक्त पदमा आचार्यलाई नियुक्त गरेको हो ।
संघको बैठक अध्यक्ष रविन्द्र खड्काको अध्यक्षतामा बसेको थियो ।
प्रतिक्रिया