पूर्वमिस नेपाल उषा खड्गी र सञ्चारकर्मी जिपी तिमिल्सिनाबीच ‘डिभाेर्स’

काठमाडाैं, चैत्र २ ।
पूर्वमिस नेपाल उषा खड्गी र सञ्चारकर्मी जिपी तिमिल्सिना अलग्गिने भएका छन् । सन् २००० की मिस नेपाल खड्गीले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस राख्दै सञ्चारकर्मी जिपी तिमिल्सिनाको वैवाहिक सम्बन्धलाई पूर्णविराम लगाउन लागेकाे भन्दै लेखेकी थिइन्, तर, उनले साे स्टाटस केही घण्टामा नै हटाएकी छन् ।
उनले सो स्टाटसमा विवाहपछि आफूमाथि निरन्तर हिंसा भएको र यही कारण वैवाहिक सम्बन्ध तोड्ने निष्कर्षमा पुगेको उनले लेखेकी थिइन् । आफ्नो आधिकारिक फेसबुकमा एक स्टाटस लेख्दै उनले भनेकी थिइन्, ‘यदि तपाईं बिहेको १७ वर्षपछि पनि शारीरिक र मानसिक यातना सहनुपर्छ भने यसलाई निरन्तरता दिन आधार छैन, अब म ‘नो’ भन्छु ।’
केही समययता देखि नै सम्बन्धमा केही वर्षयता दरार आएको भए पनि खड्गी र तिमिल्सिना दुबैले नकार्दै आएका थिए । साथै, उनले अब सन्तानको अधिकारका लागि लड्ने पनि बताएकी छन् ।
तिमिल्सिना र खड्गीले प्रेमविवाह गरेका थिए । करिब १७ वर्ष सँगै बसेपछि यी दुईले छुट्टिने निर्णय गरेका हुन् । खड्गीले ललितपुरकाे कुपण्डाेलमा आफ्नाे बुटिक सञ्चालन गर्दै आएकी छन् ।
खड्गीले आफ्नो पारपाचुकेको विषयमा एक टेलिभिजन कार्यक्रममा बोल्दै भनिन्, ‘चिनजान भएको १९ वर्ष र विवाह गरेको १७ वर्ष पूरा भइसक्दा पनि आफूले शारीरिक र मानसिक पीडा सहँदै आए, यदि अहिले पनि बोलिएन भने कहिले बोल्ने भन्ने सोचेर यो निर्णय लिएकी हुँ ।’
भिडियोमा उषाले यसो भनिरहँदा उनी भक्कानिएर आँशु झार्न पुगेकी थिइन् ।
प्रतिक्रिया