काेराेना भाइरसका कारण जापानी कमेडियन शिमुराकाे मृत्यु

प्रकाशित मिति: १७ चैत्र २०७६, सोमबार १०:५२


एजेन्सी, चैत्र १७ ।
जापानी कमेडियन केन शिमुराको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । ७० वर्षीय शिमुरालाई कोरोना भाइरसको संक्रमणपछि निमोनिया भएको र त्यसैका कारण आइतबार मृत्यु भएको जापानी समाचार संस्था क्योदोले जनाएको छ ।

केन कोरोना भाइरसबाट सङ्क्रमित हुने पहिलो जापानी स्टार हुन् । उनी सन् १९७० को दशकदेखि जापानका चर्चित र उत्कृष्ट कमेडियनका रूपमा परिचित रहँदै आएका थिए । उनले विभिन्न टेलिभिजन शोहरूमा ‘बाका तोनोसामा (मुर्ख भगवान्), ‘हेन्ना ओजिसान’ (अचम्मका काका) लगायतका चरित्र निभाएका थिए । जापानमा हालसम्म कोरोनाका कारण ५४ जनाको मृत्यु भएको छ भने एक हजार आठ सय ६६ जना संक्रमित भएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....