बलिउड सुपरस्टार सलमान खानकाे भाईकाे निधन

काठमाडाैं, चैत्र १८ ,
बलिउड सुपरस्टार सलमान खानको फुपुको छोरा अब्दुल्ला मिर्जा खानको निधन भएको छ । सलमानले सोसल मिडिया पोष्टमार्फत् यसबारे जानकारी दिएका हुन् । सलमानले आफ्नो र अब्दुल्लाको एउटा श्यामश्वेत तस्वीरसमेत शेयर गर्दै लेखेका छन्, ‘तिमीलाई सधैँ प्रेम गरिरहन्छौँ ।’ अब्दुल्ला सलमानको बिइङ्ग स्ट्रङ्ग अभियानका लागि हिस्सा थिए ।
भारतीय मिडियामा प्रकाशित समाचारअनुसार अब्दुल्लाको पछिल्लो केही समयदेखि स्वास्थ्यमा खराब देखिएकाे थियाे । उनको कलेजोमा समस्या थियो । उनलाई मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना गरिएको थियो । सलमान पनि उनको अवस्था हेर्न अस्पताल पुगेका थिए ।
यसैबीच, सलमानबाहेक नायिका डेजी शाह र जरिन खानले अब्दुल्लाको निधनमा दुःख व्यक्त गरेका छन् र सोसल मिडियामा यसबारे पोष्ट गरेका छन् । डेजीले अब्दुल्लाको तस्वीर शेयर गर्दै लेखिन्, ‘मेरो सबैभन्दा मिल्ने साथी, तिमीलाई सधैँ प्रेम गर्नेछु ।’ यस्तै जरिन खानले पनि उर्दुमा पनि एक पोष्ट गरेकी छन् । यस्तै, नायक राहुल देवले पनि ट्वीटरमा सलमानको पोष्टमा कमेन्ट गर्दै अब्दुल्लाको निधनमा दुःख जनाएका छन् ।
प्रतिक्रिया