राजपुतको मृत्यु कारण देखाउँदै सलमान खानसहित आठविरुद्ध मुद्दा दायर

प्रकाशित मिति: ३ असार २०७७, बुधबार १५:५७


काठमाडौं, असार ३ ।
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको कारण देखाउँदै विहार अदालतमा बलिउड अभिनेता सलमान खान, निर्माता तथा निर्देशक करण जोहनर, एकता कपुर तथा सञ्जयलीली भन्सालीसहित आठ जनाविरुद्ध आज फौजदारी मुद्दा दायर गरेको भारतीय सञ्चार माध्यम टाइम्स अफ इण्डियाले जनाएको छ ।

वकिल सुधिरकुमार ओझाले सलमान, करणसहित आठ जनाविरुद्ध मुद्दा दायर गरेको टाइम्स अफ इण्डियाले जनाएको छ । अदालतले आगामी जुलाई ३ तारिखमा सुनुवाई मिति दिएको छ ।

ओझाले दायर गरेको मुद्दामा आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार र निर्देशक दिनेशको पनि नाम जोडिएको छ । टाइम्स अफ इण्डियाकाअनुसार यी आठ व्यक्तिले सुशान्तका फिल्म रिलिज हुन बाधा पैदा गरेको र यिनिहरूकै कारण सुशान्तलाई फिल्मी कार्यक्रमहरूमा पनि बोलाउन छाडिएको मुद्दामा उल्लेख गरिएको छ ।

वकिल ओझाकाअनुसार उनले सेक्सन ३०६, १०९, ५०४ र ५०६ अन्तर्गत मुद्दा दायर गरेका हुन् । यसका साथै उनले साक्षीको सूचीमा अभिनेत्री कङ्गना रनावतको नाम राखेका छन् ।

अभिनेता सुशान्त सिंह राजपुतले यही आइतबार मुम्बईस्थित आफ्नै फ्ल्याटमा आत्महत्या गरेका थिए । उनी लामो समयदेखिको डिप्रेसनमा रहेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

निलम्बित न्यायाधीश भुवन गिरी वैवाहित बलात्कार मुद्दामा सफाइ दिएसँगै कारागार मुक्त

काठमाडाैं, बैशाख १ । निलम्बित न्यायाधीश भुवन गिरीलाई वैवाहिक बलात्कारमा मुद्दामा सफाइ.....