बलिउड अभिनेता सञ्जय दत्त सिकिस्त परेपछि अस्पतालकाे आईसीयूमा भर्ना

प्रकाशित मिति: २५ श्रावण २०७७, आईतवार १२:४८


काठमाडाैं, श्रावण २५ ।
बलिउड अभिनेता सञ्जय दत्त सिकिस्त बिरामी परेपछि मुम्बईस्थित लिलावती अस्पतालको आईसीयूमा भर्ना भएका छन् । ६१ वर्षीय अभिनेता दत्तलाई शरीरमा अक्सिजनको कमी भएर अस्वस्थ भएलगत्तै अस्पताल भर्ना गरिएकोमा उनलाई आईसीयूमा सारिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

गत महिना मात्र कोरोना संक्रमणबाट मुक्त भएका दत्तको अस्पताल भर्ना गरिएलगत्तै गरिएको कोभिड-१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उनको स्वाब पीसीआर टेष्टका लागि पनि राखिएको छ । उनलाई आईसीयूको गैर कोभिड वार्ड राखिएको छ ।

अभिनेता दत्तको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकहरूले जानकारी दिएका छन् । यद्यपि, दत्तको उपचार गरिरहेका चिकित्सक जलिल पारकर भने केही महिनाअघि कोरोना संक्रमित भएका थिए । उनी गत महिना मात्र कोरोनाबाट मुक्त भएका हुन् । उनले अभिनेता दत्तको अक्सिजन स्तर किन एक्कासी खस्कियो भन्ने कुराको परीक्षण भइरहेको बताए ।

दत्त २९ जुलाई १९५९ मा अभिनेता सुनील दत्त र अभिनेत्री नर्गिसका छोराका रूपमा मुम्बईमा जन्मिएका हुन् । सञ्जयले बलिउडमा बालकलाकारका रूपमा पाइला राखेका थिए । सन् १९७२ मा बनेको रेस्मा और सेरा फिल्ममा बालकलाकार भई अभिनय गरेका उनले २२ वर्षको उमेरमा रक्की फिल्मबाट हिरोका रूपमा डेब्यु गरेका हुन् । ३१ वर्षको फिल्मी करिअरमा उनले थुप्रै हिट फिल्म दिएका छन् ।


प्रतिक्रिया


ताजा खबर

More

निलम्बित न्यायाधीश भुवन गिरी वैवाहित बलात्कार मुद्दामा सफाइ दिएसँगै कारागार मुक्त

काठमाडाैं, बैशाख १ । निलम्बित न्यायाधीश भुवन गिरीलाई वैवाहिक बलात्कारमा मुद्दामा सफाइ.....