सवारी दुर्घटनामा एक म्यादी प्रहरीको मृत्यु

प्रकाशित मिति: २५ बैशाख २०७४, सोमबार १३:५६


नवलपरासी, बैशाख २५
नवलपरासी जिल्लाको रामग्राम नगरपालिका–१० मन्झरियामा सवारी दुर्घटना हुँदा एकजना म्यादी प्रहरीको मृत्यु भएको छ ।

गएराति भएको उक्त दुर्घटनामा परी घाइते भएका रामग्राम नगरपालिका–१२ निवासी २५ वर्षीय राजसिंह चौधरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

नवलपरासीबाट भैरहवातर्फ जाँदै गरेको लु२५प ५७७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिएर दुर्घटना भएको जनाएको छ ।

 


प्रतिक्रिया


ताजा खबर

More

निलम्बित न्यायाधीश भुवन गिरी वैवाहित बलात्कार मुद्दामा सफाइ दिएसँगै कारागार मुक्त

काठमाडाैं, बैशाख १ । निलम्बित न्यायाधीश भुवन गिरीलाई वैवाहिक बलात्कारमा मुद्दामा सफाइ.....