कार्तिक १ गतेबाट देवी–देवताका शक्तिपीठहरू खुल्ला

प्रकाशित मिति: २८ आश्विन २०७७, बुधबार १२:०६


काठमाडाैं, असाेज २८ ।
काेराेना भाइरस संक्रमणको जोखिम र अर्काे याे महिनामा मनमास परेका कारणले बन्द रहेका सबै देवी–देवताका शक्तिपीठहरू यही कार्तिक १ गतेबाट खुल्ला हुने भएकाे छ । काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभा भगवती, बङ्गलामुखी, मैतिदेवी, भाटभटेनी आकाशे देवीलगायतका शक्तिपीठहरू कार्तिक १ गतेबाट खुल्ने भएका हुन् ।

दशैँको बेला विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपीठहरू खोल्नुपर्ने बाध्यता रहेको मन्दिर व्यवस्थापकहरू बताउँछन् । मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सचिव राजाराम कपालीले दशैँको समयमा विशेष पूजाआजा हुने भएकाले मन्दिर खुल्ला गर्नुपर्ने बाध्यता रहेकाे बताए ।

विभिन्न गुठियारहरूको विशेष पूजा हुने र जात्रासमेत निकाल्नुपर्ने प्रचलन रहेकाले पनि पूजाका लागि खुल्ला गर्नुपर्ने बताए । तर, सरकारले अहिलेसम्म पनि कुनै निर्णय आइनसकेको उनले जानकारी दिए । तर, पनि स्थानीय भक्तजनहरूको विशेष आग्रहमा कार्तिक १ गतेबाट धेरै भिडभाड नहुने गरी भक्तजनहरूका लागि खुल्ला गरिने बताए । गुठियारहरूसँग पनि जात्रा ननिकाल्ने तर, विशेष पूजाआजा भने गर्ने सहमति भइसकेको उनले बताए ।

कोभिड–१९ संक्रमणको जोखिम भएसँगै सरकारले कुनै पनि मन्दिर क्षेत्रमा भक्तजनहरूका लागि पूजाआजा रोक्ने निर्णय गरेको थियो । याेसँगै काठमाडौं उपत्यकाका मुख्य शक्तिपीठहरूमा समेत नियमित पूजाआजा बाहेकका सबै गतिविधि बन्द गरिएको छ ।

अन्य क्षेत्रलाई खुल्ला गरिए पनि मन्दिरमा धेरै भिडभाड हुने भएकाले सरकारले अहिलेसम्म मन्दिरलाई खुल्ला गर्ने निर्णय गरिसकेको छैन । तर, अधिकांश मन्दिरहरू कार्तिक १ गतेदेखि सीमित रूपमा भए पनि खुल्ला गर्ने तयारीमा जुटेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....