आज बडादशैँको दोश्रो दिन शक्तिपीठहरूमा गएर पूजा आराधना गरी मनाइँदै

प्रकाशित मिति: २ कार्तिक २०७७, आईतवार ०७:२९


काठमाडौं, कार्तिक २ ।
हिन्दू धर्मावलम्बीहरूको महान् चाड बडादशैँको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा आराधना गरी मनाइँदैछ ।

बडादशैँअन्तर्गत आज देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा आराधना गर्न लागिएको हो ।

घटस्थापना गरेसँगै नवदुर्गाका ९ वटा रूपहरूको पूजा गर्ने धार्मिक परम्परा रहेको छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

कोरोना संक्रमण जोखिमका कारण मन्दिरहरू नखोल्ने सरकारी निर्देशनअनुसार अघिल्ला बर्षहरूमा जस्तो सार्वजनिक पूजा नभए पनि नियमित पूजा भने गरिनेछ ।

दशैँको दोस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरूमा ब्रम्हचारिणी भगवतीको पूजा गरिँदैछ ।

काठमाडौंको गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालीकास्थान, शोभाभगवती, तलेजु भवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा नियमित पूजासँगै ब्रम्हचारिणी भगवतीको पूजा गरिँदैछ ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....