यमपञ्चककाे दाेश्राे दिन आज कुकुर तिहार मनाइँदै

प्रकाशित मिति: २९ कार्तिक २०७७, शनिबार ०९:४१


काठमाडाैं, कार्तिक २९ ।
आज यमपञ्चकको दोश्रो दिन ‘कुकुर तिहार’ । हिजोको दिन कागको पूजा गरियो र मानव सभ्यताको हरेक प्राचिन खोजहरूमा मानव समाजसँग कहिँल्यै टाढा नभएको एउटा बफादार र शाहसी जीवको रूपमा परिचित छ । आज कुकुरमा समर्पित दिन अर्थात् कुकुरलाई पुजिने दिन । वैदिक सनातन धर्ममा कुकुरलाई विशेष महत्व दिएर हेरिन्छ । कुकुर मानव सभ्यतादेखि नै मानवसँग अत्यन्त नजिक बफादार जीवमा रहेको छ ।

ऋगवेदमा स्पष्ट रूपमा ‘समरा’को बारेमा उल्लेख गरिएको छ, समरा अर्थात् कुकुरहरूकी आमाले स्वर्गका राजा इन्द्रलाई उनको हराएको वस्तु भेटाउन सहयोग गरेको उल्लेख छ । वैदिक सनातन हिन्दु परम्पराअनुसार कुकुरलाई अभिभावक, सुरक्षाकर्मी अनि यमराजको दूतका रूपमा मानिन्छ र मृत्यु पर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको कथन रही आएको छ ।

महाभारतमा पनि सत्यवादी युधिष्ठिरले आफ्नो भक्त कुकुर बिना स्वर्गमा जान नमानेको कुरा उल्लेख छ । कुकुरलाई धर्मको अवधारणागत उदाहरण र सत्मार्गको प्रतिनिधिका रूपमा लिइन्छ । तन्त्र साधक निडर भगवान भैरवको बाहन पनि कुकुर नै हो भने चाणक्य नीतिमा कुकुरलाई पातलो निन्द्रा भएको बफादार, चनाखो अनि थोरै खाएर पनि सन्तुष्ट हुने प्राणीका रूपमा उल्लेख गरिएको छ ।

यी त भए शास्त्रका कुरा तर, आधुनिक युगको इतिहासमा पनि सर्वप्रथम पृथ्वीको कक्ष बाहिर परिक्रमा गर्दै अन्तरिक्षमा सन् १९५७ मा लाईका नामक कुकुर पुगेको हो । त्यसैगरी, सन् १९२३ मा जापानको ओडाटेमा जन्मिएको हाछिको नामक कुकुर र उसको मालिकप्रतिको बफादारीताको दृष्टान्तस्वरूप बनाइएको चलचित्र “हाछिको” आज पनि विश्वभरी उत्तिकै लोकप्रिय छ र उक्त चलचित्र हेर्ने धेरैका आँखा रसाउने गरेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....