वेलकम एड्भरटाईजिङ्गले “खेलौँ होली, रंग घोली, नगरौँ गल्ती माक्स खोली” भन्दै हाेली पर्व मनाइयाे

प्रकाशित मिति: १३ चैत्र २०७७, शुक्रबार १७:४५


काठमाडौं, चैत्र १३ ।
वेलकम एड्भरटाईजिङ्ग एण्ड मार्केटिङ्ग (प्रा.) लिमिटेडको प्राङ्गणमा हरेक वर्ष झैँ यस वर्ष पनि होली पर्व एक आपसमा शुभकामना आदान–प्रदान गर्दै मनाइएको छ । आज शुक्रबार वेलकम ग्रुप परिवारले एक–आपसमा शुभकामना आदान–प्रदान गरी होली पर्व मनाएको छ ।

होली पर्व एक विशेष महत्व बोकेको पर्व हो । “असत्य माथि सत्यको विजय”को प्रतिकको रूपमा गृष्म ऋतुको आगमनसँगै होली पूर्णिमाको दिन एक आपसमा विभिन्न रंग खेलि यो पर्व मनाइन्छ । कोरोना भाइरसले परेको मनोसामाजिक असरले गर्दा, यसपाली पनि मास्क लगाएर होली मनाइएको छ । आफ्नो मातृभूमिमा हराई रहेको धर्म, संस्कृतिलाई निरन्तरता दिन समय परिस्थितिअनुसार सामाजिक दूरि कायम राख्दै आपसी मित्रता र एकताको प्रतिकको रूपमा मनाइने पर्व होली सुरक्षित तरिकाले एक आपसमा रंग खेलि शुभकामना आदान–प्रदान गर्र्दै मनाएको छ ।

वेलकम ग्रुपका सञ्चालक निर्मलराज पौडेलले होलीको शुभकामना दिँदै कोरोना भाइरसबाट थिल्थिलो भएको नेपाली समाजलाई कोरोना भाइरसबाट डराउनको साटो विज्ञद्धारा दिएको सल्लाह मानेर आफू र आफ्नो परिवारलाई सुरक्षित राखेर घर परिवारमा मात्र सिमित रही यस वर्षको होली मनाउन सल्लाह र सुझावसमेत दिएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....