माओवादीले युद्धका नाममा युवाहरूको भविष्यमाथी खेलवाड : अध्यक्ष ओली

प्रकाशित मिति: २८ बैशाख २०७४, बिहीबार १७:११


चितवन, बैशाख २८ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले युद्धका नाममा युवाहरूको भविष्य र समयमाथी खेलवाड गरेको आरोप लगाएका छन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कांग्रेसले नाम्लो लगाएर माओवादी बोकेको आरोपसमेत लगाएका छन् । उनले भरतपुरमा कांग्रेस माओवादी गठबन्धन प्रचण्डकी छोरीलाई जिताउने योजना र देउवा प्रधानमन्त्री बन्ने दाउ मात्र रहेको दाबी गरे ।

भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘अरूका छोराछोरी मार्न लगाएर आफ्ना छोराछोरी मेयर बनाउँदै छन्, त्यो पनि देउवाको विवेकलाई बन्धकी बनाएर । माओवादी जनयुद्ध आफ्ना सन्तानका लागि मात्र गरेको हो ।’

विदेशीका अघिल्तिर लम्पसार पर्दापर्दै सत्ताधारी दलका नेताहरूको घुँडाभरी घाउ नै घाउ भएको ओलीले टिप्पणी गरे । राष्ट्रिय एकता, अखण्डतालाई कमजोर बनाउन परिएको लम्पसारले देशको हित नहुने उनले बताए । सभामा एमाले महासचिव ईश्वर पोखरेल, स्थायी समितिका सदस्य सुरेन्द्र पाण्डे, भरतपुर महानगरका एमाले उम्मेदवार देवी ज्ञवाली, उपमेयरकी उम्मेदवार दिब्या शर्मा, जिल्ला सचिव पार्वती रावललगायतले बोलेका थिए । एमाले अध्यक्ष ओली आजै पूर्वी चितवनको रत्ननगर, खैरहनी र राप्तीमा हुने जनसभामा सहभागी भएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....