अबको एक वर्षभित्र हुलाकी राजमार्ग सम्पन्न हुने राजदूत पुरीको दाबी

प्रकाशित मिति: २९ बैशाख २०७४, शुक्रबार ०६:४२


धनुषा, बैशाख २९ ।
नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपालमा सञ्चालित भारतीय सहयोगका विकास योजना छिट्टै पूरा हुने बताएका छन् ।

नेपालमा सञ्चालित विकास योजनामध्ये सबैभन्दा महत्वपूर्ण मानिएको हुलाकी राजमार्ग एक वर्षभित्र सम्पन्न हुने उनले बताए । भारतीय राजदूत पुरीले भारत सरकारको लगानीमा नेपालका धेरै आयोजना निर्माणाधीन अवस्थामा रहेको बताउँदै निर्माणाधीन अवस्थामा रहेका मध्ये हुलाकी राजमार्ग प्रमुख भएको बताए ।

उनले तराई मधेशका लागि उपयोगी राजमार्गका रूपमा परिचित हुलाकी राजमार्ग निर्माणमा भारतीय सरकारको पनि चासो रहेको बताउँदै आउँदो एक वर्षभित्र हुलाकी सडक सम्पन्न गर्न जोड दिने बताए ।

नेपाल–भारत मैत्री युवा सङ्घद्वारा जनकपुरमा आयोजना गरिएको स्वागत एवम् सम्मान कार्यक्रममा २४ औँ राजदूतका रूपमा नेपाल आएका पुरीले नेपाल र भारतको सभ्यतालाई जोडेर राख्न जनकपुरधामको महत्वपूर्ण भूमिका रहेको बताउँदै नेपाल र भारतबीचको रेल्वे सञ्चालन आए दुबै देशको पर्यटन प्रबद्र्धनमासमेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....