सभापति देउवाको भनाई ‘संविधान कार्यान्वयनका लागि कांग्रेसले जित्नैपर्छ’

प्रकाशित मिति: २९ बैशाख २०७४, शुक्रबार ०६:५४


काठमाडौं, बैशाख २९ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि आगामी निर्वाचनमा कांग्रेसले जित्नैपर्ने बताएका छन् ।

चुनाव प्रचारप्रसार समितिले काठमाडौंमा आयोजना गरिएको ‘काठमाडौं महानगरपालिकालाई यथार्थमा महानगर बनाउने प्रतिबद्धता’ सभामा उनले कांग्रेसको नेतृत्वमा संविधान जारी भएको र कार्यान्वयनको जिम्मा पनि कांग्रेसको काँधमा आएकाले निर्वाचन जित्नुपर्नेमा जोड दिएका हुन् ।

सभापति देउवाले जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय निकायका जनप्रतिनिधि चयनका लागि स्थानीय तहको निर्वाचनको निकै महत्व छ भन्दै नगरको विकासका लागि प्रचारबाजीभन्दा पनि इमान्दारपूर्वक आफ्ना उम्मेदवारलाई जिताउन आग्रह गरे ।

उनले प्रजातान्त्रिक वातावरणमा जनतालाई मालिक बनाई दीगो शान्ति र समृद्धिको दिशामा मुलुकलाई अघि बढाउन कांगे्रसको नेतृत्व आवश्यक भएको बताए । पूर्वप्रधानमन्त्री देउवाले राष्ट्रिय एकता नै नेपालको राष्ट्रवाद भएको बताउँदै मधेशी, पहाडी र हिमाली सबैलाई एकताका सुत्रमा बाँध्नु नै अहिलेको आवश्यकता रहेको बताए ।

कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशीले समृद्ध महानगर निर्माणका लागि कांगे्रसलाई जिताउनुपर्नेमा जोड दिए । कांग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रको संस्थागत विकास र देशलाई समृद्ध बनाउन कांग्रेस नेतृत्व अपरिहार्य भएको बताएका छन् ।

कामपा प्रमुखमा कांग्रेसका उम्मेदवार राजुराज जोशीले समृद्ध महानगरको प्रतिबद्धता सार्वजनिक गर्दै तत्कालै नगरलाई धुलोमुक्त बनाइने तथा पाँच वर्षभित्र काठमाडौंमा निःशुल्क वाइफाइको व्यवस्था र मेट्रो रेल चलाउने व्यवस्था गरिने बताएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....