साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’को आँखा झिमिक्क गीत सार्वजनिक

काठमाडाैं, फागुन १५ ।
साहित्यकार एवं गीतकार सुरेन्द्र महर्जन “अमर” को रचनामा संगीतकार सन्तोष श्रेष्ठको संगीतमा रहेको गीत ‘आँखा झिमिक्क पारेर’ गीतको म्युजिक भिडियो शनिबार काठमाडाैंमा एक प्रेस सम्मेलनकाे आयाेजना गरी भिडियोको बारेमा जानकारी एवं रचनाकार, निर्देशक, संगीतकार र भिडियोमा अभिनय गरेका कलाकारहरू लगाएत भिडियोमा आबद्ध सबैसँग गीत र भिडियोको बारेमा जानकारी गराइएकाे छ ।
सन्तोष श्रेष्ठ र अस्मिता अधिकारीको स्वर रहेको उक्त भिडियोले सबैको मन जित्ने विश्वास लिइएकाे छ । कलाकारहरूमा हरिश निरौला (कक्रोज), सुमन ज्योति (ल्याग्री दादा) आयुषा कटुवालबाट मन छुने अभिनय गरिएको छ । सुलभ घिमिरेद्वारा एरेञ्ज गरिएकाे र वान स्टुडियोमा रेकर्डिङ गरिएको हो । आँखा झिमिक्क पारेर गीतको म्युजिक भिडियो सुरेश थापा ‘दर्शने’ले निर्देशन गरेका थिए । ओएस नेपालको आयोजनामा आयोजित कार्यक्रममा विवेक कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रम दिनेश थानीबाट सञ्चालन गरिएको थियो ।
प्रतिक्रिया