बुधबार बस्ने प्रतिनिधि सभाको सम्भावित कार्यसूची सार्वजनिक

प्रकाशित मिति: १७ फाल्गुन २०७८, मंगलवार १९:२२


काठमाडौं, फागुन १७ ।
भोलि बुधबार बस्ने प्रतिनिधि सभाको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संघीय संसद्का महासचिव डा. भरतराज गौतमले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका हुन् ।

भोलिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/०७८’ पेश गर्ने छन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।

यस्तै, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

हिरासतमा सुतिरहेका लामिछानेको फोटो सार्वजनिक गरेको आरोपमा भुषाल पक्राउ

काठमाडाैं, पुष ७ । आफूलाई सामाजिक अभियन्ता बताउँदै आएका निकोलस भुषाल पक्राउ परेका छन् । केही.....